रोल्पातिर भर्खर तिहार सकिँदै
रोल्पामा चौथी पठाएर तिहार समापन गरिएको छ । भाइटीकादेखि सुरु भएका द्यौसी भैलोहरु आजदेखि औपचारिक रुपमा खेल्न छाडिएको छ ।
सुनिलस्मृति, लुंग्री र माडीसहित विभिन्न पालिकामा भाइटीकाको दिनदेखि शुरु हुने विशेष सांस्कृतिक कार्यक्रम आज सामूहिक रूपमा समापन गरिएको छ।
गजुल, खुमेल, फगाम, सिम्लेनीलगायतका ठाउँमा एक दर्जनभन्दा बढी समूहले ध्वजापतासहितको निङ्गलो गाडेर एकैचोटि तिहारलाई बिदाइ गरेका छन्। विभिन्न द्यौसीभैलोका समूहले भोलि बिहानसम्म एकै ठाउँमा आ–आफ्ना सांस्कृतिक प्रस्तुति राख्नेछन् । यस क्षणलाई वर्षकै बहुप्रतीक्षित मेला मानिन्छ।
टिप्पणीहरू