नारायणहिटी अगाडि काग सम्मेलन

नारायणहिटी अगाडि काग सम्मेलन

तिहारको पहिलो दिन आज काग तिहारको अवसरमा कलाकार रमेश दुलालले काग सम्मेलन गरेका छन् । ‘कागे’ नामले परिचित दुलालले नारायणहिटी दरबार संग्रहालय अगाडि ‘२२औँ काग सम्मेलन’ गरेका हुन् ।

दुलालले आफ्नो विशेष कलाबाट कागको आवाज निकाल्दै बिहान ६ बजेबाट सयौं काग भेला गराएका हुन् । उनले काग तिहारको धार्मिक र सांस्कृतिक परम्परा जोगाउने र जनचेतना जगाउने उद्देश्यले गरिएको सम्मेलन गरिएको बताए ।

टिप्पणीहरू