चाडबाड मनाउँदै, मौलिकता जोगाउँदै

चाडबाड मनाउँदै, मौलिकता जोगाउँदै

पछिल्लो समय द्यौसी–भैलोका मौलिक लय र भाका दुर्लभ बन्दै गएका छन्। रेडिमेड गीत र स्क्रिप्टेड नृत्यले तिहारको रौनक नै खल्लो पार्दै लगेको छ। तर रोल्पाको सुनिलस्मृति गाउँपालिकामा भने द्यौसी–भैलोको परम्परागत लय र गीतको मौलिकता संरक्षण गर्न युवाहरू संगठित भएका हुन् । 

आजदेखि सुरु भएको द्यौसी–भैलोका लागि वडा नम्बर ६ का युवाहरू मौलिक बाजा र धुनको प्रयोगमा जुटेका छन्। पछिल्लो समय धेरै द्यौसी–भैलो समूहले तयार पारेका गीत र आधुनिक संगीतमा प्रस्तुति दिने गरेको पाइन्छ । तर दलंगामा भने परम्परागत बाजा र भाका जोगाउन युवाहरूले बजारका सस्ता संगीत बहिष्कार गर्दै स्थानीय बाजाको प्रयोग थालेका छन्,’ स्थानीय तुकमान घर्तीले बताए।

उनका अनुसार, गाउँका ज्येष्ठ नागरिक र अगुवाहरूको छलफलपछि युवाहरू कृत्रिम लय त्यागेर रैथाने भाका संरक्षणमा अघि सरेका हुन्। ‘हाम्रो पुस्ताले पनि यो गरेन भने पुर्खाको संस्कृति नै हराउने खतरा छ। बजारका गीतले हाम्रो भाका मर्न थालेका छन्,’ उनले भने, ‘इतिहास बाँच्नसके हाम्रो अस्तित्व रहन्छ, त्यसैले बाँसुरी र मादल समात्यौं।’

 

टिप्पणीहरू