सिनेमाको पछाडि बालेनकी श्रीमती

सिनेमाको पछाडि बालेनकी श्रीमती

काठमाडौंका मेयर बालेन साहको कोर टिम चलचित्र निर्माणमा होमिएको छ । यसअघि सानो पर्दाको सिरियल ‘सक्कीगोनी’ का पाँडे भनी चिनिने अर्जुन घिमिरेको निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ बन्न लागेको हो । सुटिङ्ग सकिएर अहिले धमाधम एडिटिङ्गको काम भइरहेको जनाइएको छ । यसमा बालेनपत्नी सविना काफ्लेका अलावा भिक्टरपत्नीको समेत लगानी रहेको बताइएको छ तर पाँडे यो कुरा स्वीकार गर्दैनन् ।

पाँडेलाई महानगरपालिकाको फोहोर मैला फाँट हेर्ने जिम्मेवारी दिइएको छ । स्थायी ठेगाना नुवाकोट ककनी सिसडोलका पाँडे नेपाली सेनाको भगौडाका रूपमा चिनिन्छन् । यसअघि जेपिटी क्रिएसनमार्फत ‘लाज शरणम्’ निर्माण गरेका थिए । सो चलचित्रले पानीसमेत पिउन पाएन । सक्कीगोनी टिम फुटेपछि पाँडे झरीपछिको इन्द्रेणीमा व्यस्त भएका हुन् । लगानीकर्ताका रूपमा सुशील कडरियालाई देखाइएको छ । फिल्मको कथा बालेनका अर्का राइट ह्याण्ड कुमार व्यञ्जनकारको छ । गीतकारमा गणेश कार्की छन् । 

पशुपति शिवजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । जानकारहरूका अनुसार बालेन महानगरपालिकाको कार्यालयमा कमै भेटिन्छन् । डिल्लीबजार कालिकास्थान हाइटस्थित स्टक हाउसको चौथो तल्लामा भिक्टर पौडेलहरू जमघट गर्ने एउटा अफिस छ । यता धुर्मुसको भाइ कुमार कट्टेल जिग्री र अर्जुन घिमिरेको दोस्ती दुश्मनीमा बदलिएपछि टिमले बिजोग रमाइलो नामक टेलीश्रृंखला बनाउने तयारी गरिरहेको छ भने पाँडेको टिमले पुरानै सिस्नुपानी झ्याम्मै टेलिसिरियल व्युँताउने तयारी गरिरहेको बताइन्छ । 
 

टिप्पणीहरू