जिमखानाले दूतावासलाई असुरक्षा

जिमखानाले दूतावासलाई असुरक्षा

नेपालस्थित जर्मन दूतावासले जिमखानाका कारण असुरक्षा भएको भन्दै परराष्ट्र मन्त्रालयलाई गुहारेको छ ।

काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नो भवनको पर्खालसँगै जोडेर जिमखानाले निर्माण गरिरहेको संरचनाका कारण सुरक्षामा चुनौती भएको ध्यानाकर्षण गराउँदै दूतावासले २६ नोभेम्बरमा परराष्ट्रलाई पत्र पठाएको हो । परराष्ट्रले सो पत्रमाथि आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।  

२७ नोभेम्बरमा परराष्ट्रले गृह र संघीयलाई लेखेको पत्रमा भनिएको छ,‘जिमखानाले दूतावासको पर्खालसँगै हुनेगरी संरचना निर्माणको कार्य गरिरहेको र सो निर्माणका लागि सम्बन्धित निकायको अनुमतिसमेत नलिएको जानकारी पाएको जनाऊँ दिँदै उक्त कार्यले दूतावासको सुरक्षामा चुनौती थपिने हुँदा सो सम्बन्धमा ध्यानाकर्षणका लागि लेखिएको जर्मन राजदूतावासको नं.२०४–२०२५, मिति २६ नोभेम्बर २०२५ को नोट यसैसाथ संलग्न गरी प्रेषित गरिएको बेहोरा निर्देशानुसार अनुरोध छ ।’

टिप्पणीहरू