सामाजिक सञ्जालबाट फोहोर फाल्नेमाथि निगरानी

सामाजिक सञ्जालबाट फोहोर फाल्नेमाथि निगरानी

मोरङको विराटनगर महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाले सडकमा जथाभावी फोहोर फाल्नेमाथि सामाजिक सञ्जालमार्फत निगरानी राख्न थालेको छ । रातको समयमा सडकमा ल्याएर फोहोर फाल्नेक्रम बढेपछि शाखाले यस्तो तरिका अपनाएको हो । 

सामाजिक सञ्जालबाट निगरानी हुन थालेपछि महानगरबासी सडकमा फोहोर फाल्न डराएको अवस्था छ । कबाड व्यवसाय, ग्यारेज, होटल, पसलहरुले पनि खुल्ला ठाउँमा फोहोर फाल्न छाडेका छन् । महानगरले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्न निर्देशिका जारी गरेको छ । 

जसमा जथाभावी फोहोर गर्ने व्यक्ति, उद्योग, व्यापारीलाई लाखौं जरिवाना र कैद सजाय गर्ने व्यवस्था छ ।  तर, निर्देशिका जारी भएको १४ वर्ष बितिसक्दा पनि जथाभावी फोहोर फाल्ने क्रम रोकिन सकेको थिएन । 

रातको मौका छोपेर फोहोर फाल्न थालिएपछि महानगरले फेसबुकमार्फत फोटो सार्वजनिक गर्न थालेको हो । सिसीटिभीमार्फत भिडियो निकालेर फोटो सार्वजनिकसँगै उनीहरुलाई दण्डित पनि गरिन्छ । फेसबुकमा फोटो हाल्ने जिम्मेवारी शाखाका प्रमुख पुनमकुमार दाहाल र सुपरभाइजर किरण न्यौपानेसहितको टिमले पाएको छ । 

सो कार्य स्वागतयोग्य भएको भन्दै महानगरबासीले महानगरको तारिफ गरिरहेका छन् । शाखाले गत आर्थिक वर्ष २०८१–०८२ मा सामाजिक सञ्जालमार्फत नाम–ठेगाना पत्ता लगाएर सडकमा फोहोर फाल्नेमाथि कडाइ गर्दै ३५ जनालाई चेतावनीसहित कारबाही, १५ जनालाई अधिकतम २० हजार रुपैयाँसम्मको जरिवाना गरेको छ । सँगै राम्रा काम गर्नेहरु र गरेकाहरुलाई पनि आफनो फेसबुकमार्फत धन्यवाद दिँदै आएको छ । 

यसले आफनो टोलमा फोहार गर्नुहुँदैन र गर्न पनि दिनुहुँदैन भन्ने उत्प्रेरणा जगाएको शाखाको भनाइ छ । महानगरमा दैनिक करिब एक सय टन फोहोर उत्पादन हुन्छ ।  जसमा ६० प्रतिशत अर्गानिक, २२ प्रतिशत प्लास्टिक, सात प्रतिशत कागजजन्य, दुई प्रतिशत कपडा, डेढ प्रतिशत सिसा, छाला तथा आठ प्रतिशत अन्य फोहोर रहेको छ ।

फोहोर उठाएर व्यवस्थापन गर्ने जिम्मेवारी महानगरको मात्रै हो भन्ने संकीर्ण सोच महानगरबासीको छ । जबकि, आफ्नो बसोबास स्थललाई सफासुग्घर बनाउनु सबैको दायित्व हो । विदेशको सुग्घर नगर, महानगर र गाउँघरको प्रशंसा गरेर नथाक्ने शिक्षितहरुले फोहोरमैला उठाउनका लागि सामान्य शुल्क दिएर सदस्य बन्न समेत अटेर गर्दै आएका छन् । 

बरु, फोहोर फाल्न कुनै मजदुर, सिटी रिक्सालाई मागेजति पैसा दिनचाँहि तयार हुन्छन् । उसैपनि महानगरले फोहोरमैला व्यवस्थापनमा कम बजेट विनियोजन गर्ने गरेको छ  । निगरानीका लागि नगरप्रहरी र सफाइ कर्मचारीको समेत अभाव छ । फोहोरमैला व्यवस्थापनका निम्ति महानगरले २०८०–०८१ मा एक करोड २५ लाख विनियोजन गरेको थियो । 

चालु आर्थिक वर्षमा एक करोड ६० लाख रुपैयाँ विनियोजन गरेपनि पर्याप्त आधुनिक उपकरण र व्यवस्थित डम्पिङ साइटको अभाव छ । सीमित जनशक्ति र भौतिक स्रोतसाधनमै निर्भर भएर पनि सरसफाइ शाखाबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म टोली खटिनु र राति पनि आकस्मिक निगरानीमा पुग्नु सहारनीय कार्य नै हो । 

काठमाडौंभन्दा २६ वर्गकिमि ठूलो  क्षेत्रफल र ४७ हजार ७९८ घरधुरी भएको विराटनगरमा दुई लाख ५० हजार जनसंख्या छ । महानगरले तीन क्षेत्रमा निजी साझेदारलाई घरदैलोमा फोहोर संकलनका लागि २०७८ मंसिरदेखि पाँच वर्षका लागि ठेक्का दिएको छ । ती क्षेत्रमा कूल २० हजार ७७८ जना सदस्य छन् । उनीहरुको घरदैलोमा पुगेर महानगरले हप्तामा दुईपटक फोहोर उठाउँछ । 

घर, पसल मात्र नभएर व्यवसाय, मठमन्दिर र सुकुम्बासी बस्तीबाट समेत फोहोर संकलन गर्नुपर्छ । तर, अझै सदस्य बनेर महानगरलाई फोहोर दिन सबै महानगरबासी तयार छैनन् । उनीहरु सडकमै फोहोर फ्याक्छन् । जुन महानगरका लागि चुनौती बनिरहेको

टिप्पणीहरू