फूलपातीको डोली काठमाडौं आइपुग्दै
बडादसैंको सातौं दिनको सांस्कृतिक रिती–रिवाजको प्रतीक फूलपातीसहितको डोली आज बिहान गोरखा दरबारबाट काठमाडौंको हनुमान ढोकातर्फ पठाइएको छ ।
गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकका अनुसार, बिहान ७ः३० बजे शुभसाइतमा पूजाअर्चना गरी बा.२ झ ३८८२ नम्बरको सरकारी गाडीमार्फत डोली हनुमान ढोका दरबारतर्फ ल्याइएको छ । गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईका अनुसार, फूलपाती हनुमान ढोका पुर्याएपछि आजै अपरान्ह हर्षबढाइका साथ भित्र्याउने प्रचलन छ।
…