फूलपातीको डोली काठमाडौं आइपुग्दै

फूलपातीको डोली काठमाडौं आइपुग्दै फाइल फाेटाे

बडादसैंको सातौं दिनको सांस्कृतिक रिती–रिवाजको प्रतीक फूलपातीसहितको डोली आज बिहान गोरखा दरबारबाट काठमाडौंको हनुमान ढोकातर्फ पठाइएको छ । 

गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकका अनुसार, बिहान ७ः३० बजे शुभसाइतमा पूजाअर्चना गरी बा.२ झ ३८८२ नम्बरको सरकारी गाडीमार्फत डोली हनुमान ढोका दरबारतर्फ ल्याइएको छ । गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईका अनुसार, फूलपाती हनुमान ढोका पुर्याएपछि आजै अपरान्ह हर्षबढाइका साथ भित्र्याउने प्रचलन छ।

सांस्कृतिक परम्परा अनुसार तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेदेखि नै हरेक वर्ष फूलपातीका दिन गोरखाबाट फूलपाती डोली पठाउने परम्परा रहिआएको हो ।

टिप्पणीहरू