लोकप्रिय गायक तथा सर्जक मोतिराज खनाल सहित दर्जनौं कलाकार सम्मानित

लोकप्रिय गायक तथा सर्जक मोतिराज खनाल सहित दर्जनौं कलाकार सम्मानित

गीत संगित र साहित्यको संगम अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन भन्ने मुल नाराका साथ चाबहिल, काठमाडौं स्थित नेपाल चलचित्र बिकाश बोर्डमा काब्य म्युजिक सेन्टर र दक्षिणकाली अफसेट प्रेसको आयोजनामा “चौथो काब्य म्युजिक अवार्ड – २०८२” सम्पन्न भएको छ । यसै क्रममा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनाल चौंथो काव्य म्युजिक अवार्ड २०८२ को सर्वोत्कृष्ट चाडपर्व तिजगीत अवार्ड बिजेता बनेका छन उनलाई यसपालिको तिजगीत छड्के कपाल किन कोरेको तिजगीतले  सफलताको शिखरमा पुर्याएको हो । छड्के कपाल तिज गीत लोकप्रिय गायक मोतिराज खनालको शब्द संगित र स्वरमा सांगितिक बजारमा छाएको थियो  । सो गीत मौलिक हुनुका साथै लोकप्रियता पनि कमाएको थियो 

त्यसै गरी लोकप्रिय निर्देशक सुरज खनाल पनि चाडपर्व तिजगीत छड्के कपाल बाटै सर्वोत्कृष्ट निर्देशक बिजेता बन्दै अवार्ड हात पारेका छन । साथै सोही कार्यक्रममा बरिष्ठ गायक घमेश दुलालको गीति संग्रह समुन्द्र पारीको बिमोचन पनि गरिएको थियो। सो कार्यक्रममा दक्षिणकाली अफसेट प्रेसका अध्यक्ष टपेन्द्र केसीको सभापतित्व  रहेको थियो भने नेपाली चलचित्रका अग्रज नायक कृष्ण मल्लको प्रमुख अतिथ्यतामा थियो। कार्यक्रममा स्वागत मन्तब्य अवार्ड संयोजक रमेश श्रेस्ठले गरेका थिए भने कार्यक्रमको सञ्चालन दिपेन्द्र शाहीले गरेका थिए। 

 “चौथो काब्य म्युजिक अवार्ड – २०८२” मा अवार्ड प्राप्त गर्ने ब्यक्तिहरुको नामावली यस प्रकार रहेको छ ।

सर्बोत्कृष्ट चाडपर्ब तिजगीत बाट

गायक – मोतिराज खनाल (छड्के कपाल किन कोरेको)
सर्बोत्कृष्ट चाडपर्व तिजगीत बाट  निर्देशक – सुरज खनाल (छड्के कपाल किन कोरेको)
पपुलर अफ दि ईयर गायिका – सारदा रसाईली (जवानिमा बिताको पल मीठो)

सर्बोत्कृष्ट गायिका – कोपिला तामाङ्ग (चमेरे)
सर्बोत्कृष्ट लोक काठे गायिका जुरि – प्रमिला घ्लान (तामाकोसी)
सर्बोत्कृष्ट लोक गीत – राजन भुजेल (मेरो जस्तो रगत छैनर)
सर्बोत्कृष्ट मोर्डन गीत मोडल पुरुष – बिजेन्द्र (नौबागे सारा हासो)
सर्बोत्कृष्ट लोक दोहोरी गायक काठे पुरुष – राजेश ढकाल (चालीस कटेसी)
सर्बोत्कृष्ट लोक दोहोरि गायक पश्चिमे – कृष्ण अधिकारी (खोली तरुम्ला)
सर्बोत्कृष्ट दोहोरी गायक जुरि – सुरेश बग्दास (के छ खबर)
सर्बोत्कृष्ट लोकदोहोरी गीत जुरी – उमेश सिंह ठगुन्ना .(धानको बाला)
सर्बोत्कृष्ट चाडबाड गीत गायक – सिर्जन पुन (भन्छिन मेरो राजा)
सर्बोत्कृष्ट चाडबाड गीत गायिका – यमुना कार्की (दशैं आयो)
चाडबाड गीत संगीतकार – मदन सुफिक्स (खर्च दशैलाई)
सर्बोत्कृष्ट चाडपर्ब गायिका जुरी – सुश्मा रुपाखेती (भेटभाको बेलैमा)
सर्बोत्कृष्ट बाल गायिका – लाक्पा डोमा शेर्पा (काफल पाक्यो वनै रमायो)
सर्बोत्कृष्ट म्युजिक भिडियो – भरत उदासी (पापी मान्छे)
सर्बोत्कृष्ट आधुनिक संगीतकार – दिपक तिरुवा (तिम्रै लागी)
सर्बोत्कृष्ट आधुनिक संगीतकार जुरी – रामकुमार रिमाल (पराईकी रानी)
 सर्बोत्कृष्ट आधुनिक शब्द – बिमल स्याङ्तान (हजार जुनी सम्म)
सर्बोत्कृष्ट लोक दोहोरी शब्द – कृष्णा आचार्य रोशनी (निरिमायाको)
 सर्बोत्कृष्ट लोक दोहोरी शब्द जुरी – सरला तिमिल्सिना (भोलि तिमिलाई रुन नपरोस)
सर्बोत्कृष्ट लोक गायिका जुरी – कल्पना पराजुली (तिमी मलाई है सानू)
सर्बोत्कृष्ट लोक दोहोरी गायिका – पार्बती बिश्वकर्मा (छाती चर्किन्छ)
 सर्बोत्कृष्ट मोडल महिला – सपना डङ्गोल (ए है माया)
 सर्बोत्कृष्ट लोक दोहोरी लय – अमन दुलाल (जवानीमा बिताको पल मीठो)
सर्बोत्कृष्ट म्युजिक भिडियो महिला – निर्देशक पुजा ठकुरी (माछी भुल्यो)
सर्बोत्कृष्ट नव गायिका – अनिता बिक
सर्बोत्कृष्ट मोडल महिला जुरी – राधा थापा (सुधा)
सर्बोत्कृष्ट भिडियो निर्देशक पुरुष – शिशिर बुढाथोकी (फुलको डाली)
सर्बोत्कृष्ट भिडियो निर्देशक जुरी – मनोहर भण्डारी (पोखरामा घाम लाग्यो घमाइलो)
सर्बोत्कृष्ट भाषाभाषी गीत संगीतकार – रामकुमार पौडेल (सुनुवार)
सर्बोत्कृष्ट भाषा गीत – गोतेङ्गा गोतेङ्गा
सर्बोत्कृष्ट टेलिफिल्म कलाकार महिला – आशा भुसाल (मेरि बास्सै)
सर्बोत्कृष्ट टेलिफिल्म कलाकार पुरुष – मेख बहादुर गुरुङ्ग (भो त अब)
सर्बोत्कृष्ट नव कलाकार पुरुष – राम प्रसाद गुरुङ्ग (फुलै फुलेको)
 सर्बोत्कृष्ट छायांकार – सञ्जय चन्द
,सर्बोत्कृष्ट आधुनिक गायिका – आशा लामा ज्ञानमाला

सर्बोत्कृष्ट समाजसेवा सम्मान – अमृता फाउन्डेशन लगायत कलाकारहरु २०८२ को सर्वोत्कृष्ट कलाकार बन्न सफल भएका थिए । यसै कार्यक्रममा अन्य दर्जनौ कलाकारहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रम सब्य र भव्यरुपमा सम्पन्न भएको आयोजकले भनाई छ ।

टिप्पणीहरू