बालेन र सुदनलाई प्रश्न- ‘तिमीहरु नै प्रधानमन्त्री भयौ भने चाहिँ के गर्छौ ?’

बालेन र सुदनलाई प्रश्न- ‘तिमीहरु नै प्रधानमन्त्री भयौ भने चाहिँ के गर्छौ ?’

जेनजी आन्दोलनमा पूर्व र्यापरसमेत रहेका काठमाडौँ महानगरपालिका मेयर बालेन साह र पूर्व डिस्को जक्की (डिजे) समेत रहेका ‘हामी नेपाल’का संस्थापक सुदन गुरूङको भूमिकालाई लिएर यतिबेला नेपाली र्याप (नेपहप) वृत्तले प्रश्न उठाउन थालेको छ । 

नेपाली र्यापका लिजेन्ड मानिने मानस घलेले बालेन र सुदनलाई देश विकासको रटान लगाउनुभन्दा पनि आफ्नो भिजन सार्वजनिक गर्न चुनौती दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् दुई जनासँग ‘देश विकास गर्छु’ भन्ने नारा बाहेक कुनै दीर्घकालिन योजना नै नरहेको बताएका हुन् । ‘अरु त्यस्तै हो, तर कल्पना गर कि तिमीहरु नै प्रधानमन्त्री भयौ रे,त्यसपछि गर्छौ चाहिँ के ?’, मानसले भनेका छन्, ‘म देश विकास गर्छु भन्नेबाहेक गम्भीर जवाफ देऊ ।’

सुदनलाई आफ्नो रवाफ सम्हाल्न पनि मानसले सुझाव दिएका छन् । ‘थर्काएर र ठूलो स्वरमा चिच्याएर अरुलाई हेपेर नबोल ब्रदर,मन जति शुद्ध भए पनि बोलीले फरक पार्छ’, उनले अघि भनेका छन्, ‘तिमी अलि बढी उत्तेजित भइरहेको सबैले देखिरहेका छन्, गर्ने नै भए कानुनी हिसाबले गर,यसरी सबैलाई थर्काएर नगर ।’

टिप्पणीहरू