विजया दशमीको साइत ११ बजेर ५३ मीनेट, टीका लगाउने पूर्व फर्किने

विजया दशमीको साइत ११ बजेर ५३ मीनेट, टीका लगाउने पूर्व फर्किने

यस वर्ष विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मीनेट रहेको छ । असोज १६ गते ११ बजेर ५३ मीनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

उक्त दिनको टीका पूर्व मोहडा फर्किएर लगाउनुपर्नेछ । असोज ६ गतेदेखि शुरु हुने दशैंको पहिलो दिन घटस्थापनाको शुभसाइत बिहान ९ बजेर १३ मीनेट रहेको छ । असोज ७ बजे बिहान ९ बजेर ५३ मीनेटमा झण्डा फेर्ने र असोज ११ गते श्रीपचलीभैरव यात्रा निकालिने छ । 

असोज १३ गते फूलपाती, असोज १४ गते महाष्टमी र असोज १५ गते महानवमी परेको छ । असोज २० गते अखिलबलिपूर्ति र कोजाग्रत पूर्णिमा रहेको समितिले जनाएको छ ।

टिप्पणीहरू