उत्कृष्ट चिनियाँ अभिनेत्री भन्छिन् : सपना जस्तो लागिरा’छ

उत्कृष्ट चिनियाँ अभिनेत्री भन्छिन् : सपना जस्तो लागिरा’छ

चिनियाँ अभिनेत्री सिन झिलेई ८२औं भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट घोषित भएकी छन् । ‘दि सन राइजेज अन अस अल’ मा गरेको उत्कृष्ट अभिनयका लागि उनी उक्त उपाधिको दाबेदार बनेकी हुन् ।

निर्देशक काई शाङजुनद्वारा निर्देशित उक्त चलचित्रमा सिनसँगै चाङ सोंगवेन् र फङ शाओफेङको अभिनय छ । फिल्मको कथावस्तुमा पूराना प्रेमी–प्रेमिकाको पुनः मिलनपछि भाग्यले उनीहरूलाई त्रासदीतर्फ मोडिदिएको घटनालाई चित्रण गरिएको छ । क्वाङ्तोङका विभिन्न शहरहरूमा गरिएको छायाङ्कनमा लिङ्नान संस्कृति झल्काइएको छ ।

पुरस्कार ग्रहण गर्दै समारोहमा भावुक हुँदै सिनले भनिन्, ‘म अहिले सपना महशुस गरेको छु ।’ सबै युवतीले सुन्नुपर्ने पाठ भन्दै उनले सपना ठूलो सोच्नुपर्ने, साहस गरेर अघि बढ्ने र एकदिन अवश्य पूरा हुने उनको निचोड छ । सो क्रममा उनले फिल्म निर्देशक, सहकलाकार, परिवार र टिमलाई धन्यवाद दिएकी छन् ।

चीनको उत्तरपूर्वी प्रान्त हेइलोंगचियाङमा सन् १९८६ जन्मिएकी अभिनेत्री सेन्ट्रल ड्रामाटिक एकेडेमीबाट स्नातक हुन् । प्रख्यात फिल्महरु ‘सियाउ चुन ताओ’, ‘फान हुवा’, ‘चिङ यु न्यान’ र ‘रुयी चुआन’ मा पनि उनको अभिनय छ ।

स्रोत : चाइना डेली ।

टिप्पणीहरू