पहिलोपल्ट हरर फिल्म महोत्सव हुँदै

पहिलोपल्ट हरर फिल्म महोत्सव हुँदै

नेपालमा पहिलोपल्ट हरर चलचित्र महोत्सव हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठाले आगामी कात्तिक १४, १५ र १६ गते कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा महोत्सव आयोजना गर्न लागेको हो । 

महोत्सवमा सहभागिताको लागि ‘फिल्म फ्री वे’ प्ल्याटफर्ममार्फत खुला आह्वान गरेकोमा १५ देशका २५ चलचित्र छनोट गरिएको प्रतिष्ठानले जनाएको छ । महोत्सवको अन्त्यमा उत्कृष्ट फिचर चलचित्र, उत्कृष्ट लघु चलचित्र र उत्कृष्ट युवा चलचित्र गरी तीन वटा विधामा पुरस्कार प्रदान गरिनेछ ।

चर्चित फोटोग्राफर तथा छायाँकन निर्देशक राजभाइ सुवाल (नेपाल), चलचित्र समिक्षकहरु होसाम फाम्ही (जर्मनी), एलेक्जान्ड्रा एनबर्ग (स्विडेन) र  यास्मिन बुछफार (मोरोक्को) सम्मिलित निर्णायक मण्डलले २५ चलचित्रको मुल्याकंन गरेर विधागत रुपमा उत्कृष्ट घोषणा गर्नेछ ।

टिप्पणीहरू