बालेन लक्षित ज्योती मगरको ‘काउन्टर’ कविता

बालेन लक्षित ज्योती मगरको ‘काउन्टर’ कविता

लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरले ‘हुनेवाला श्रीमान’को लागि कविता लेखेकी छन् । उनले आज समाजिक सञ्जालमा एक कविता सार्वजनिक गर्दै ‘हुनेवाला श्रीमान’को लागि समर्पित भनेकी हुन् । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अस्ति साँझ फेसबुकमा पोष्ट गरेको कविताको चर्को आलोचना भएको थियो । उक्त कवितामा किसानलाई ‘फोहोरी’को संज्ञा दिँदै प्रयोग गरेको बिम्ब असान्दर्भिक रहेकाे चर्चा कायमै रहेको पृष्ठभूमिमा ज्योतीले ‘हुनेवाला श्रीमान’को लागि काउन्टर कविता लेखेकी हुन् । 

उनले बालेनकै बिम्ब सभार गर्दै भनेकी छन्-

मेरो माया तिम्रो लागि यति अटल छ
यति अमर र अजर छ निस्पाप निस्कलङ्क छ
जस्तो कि घामजस्तो तातो
सिम्रीकजस्तो रातो
हाकिमजस्तो सफा, किसान जस्तोफोहोर

जस्तो कि डालीको ढुकुर अनि कार्तिकको कुकुर
यो माया कहिल्यै झुक्दैन, कहिल्यै चुक्दैन 
अडिक छ अमर अटल छ कहिल्यै सुक्दैन

टिप्पणीहरू