राष्ट्रपति गुह्येश्वरी जाँदै

राष्ट्रपति गुह्येश्वरी जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल आज काठमाडौंको गुुह्येश्वरी नजिकै बागमती किनारमा जानुहुने भएको छ । उहाँ छठ पर्वको अवसरमा आयोजना हुने पूजा समारोहमा सहभागी हुन दिउँसो २ बजे त्यहाँ पुग्ने कार्यक्रम छ । 

तराई, मधेश विशेषगरी मिथिलाञ्चलको यो पर्व राजधानीमा पनि धुमधामसँग मनाइन्छ । बागमतीका विभिन्न स्थान, कमलपोखरीलगायत क्षेत्रमा छठ पूजाको लागि स्थान सिँगारिएको छ । 

आज बेलुकी अस्ताउन लागेको सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेपछि भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व पूरा हुन्छ ।

फाेटाे स्राेत : राजन पुडासैनीकाे फेसबुक पेज ।

टिप्पणीहरू