जनआस्थाको समाचार फेरि प्रमाणित,भागेर दिल्ली पुगेका प्रदिप रुँगटा आजै जेल चलान
नेपाली व्यवसायीलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा एक जना मारवाडी व्यवसायी नेपाल फर्केलगत्तै आज पुर्पक्षका निम्ति जेल पठाउने आदेश भएको छ । विवादास्पद व्यापारी प्रदिप रुँगटालाई २ महिनापछि हाजिर हुन आएको अवस्थामा न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले चितवन जेल चलान पठाउने आदेश दिएको हो ।
गत बैशाख १९ गते चितवनको पोल्ट्री कारखाना ‘अनमोल फिड्स’ का मालिक शंकर कँडेललाई कार्यालयमा ९ पृष्ठको सुसाइड नोट लेखेर मर्न बाध्य बनाएको आरोपपछि रुँगटा बेपत्ता भ…