लागुऔषध बोकेका दुई युवक प्रहरी खोरमा

लागुऔषध बोकेका दुई युवक प्रहरी खोरमा
सुन्नुहोस्

उदयपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई त्रियुगा नगरपालिका ४, सालघारीबाट नियन्त्रणमा लिइएको बताइएको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ९, झिल्केटोलका २६ वर्षे सञ्जिव परियार र गैरुनका २३ वर्षीय विशाल मग्राति हुन् ।

उनीहरुबाट डाईजेपाम ३८ एम्पुल, आईपिपिएल ३८ एम्पुल र फेनार्गन ३३ एम्पुल गरि कुल १०९ एम्पुल लागुऔषध बरामद भएको बताइएको छ । उक्त लागुऔषध लहानबाट गाईघाटतर्फ आउँदै गरेको ना.१ ज ८६५९ नम्बरको माइक्रोबसमा लुकाएर ल्याइएको थियो । 

दुबैलाई अस्थायी प्रहरी पोष्ट बगाहाको चेकिङ टोलीले पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानको निम्ति म्याद थपेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए ।

टिप्पणीहरू