अपराध

चिया पसलमा जुवा खेल्ने रामबहादुर थापासहित पाँच जना पक्राउ

काठमाडौंमा पाँच जना जुवाडे खालबाटै समातिएका छन् ।  काठमाडौं महानगरपालिका वडा नं.१६ कालधारास्थित लामा चिया पसलमा जुवा खेलिरहेको अवस्थामा काभ्रेका ४१ वर्षीय रामबहादुर थापासहित ५ जना समातिएका हुन् । विशेष सुराकीको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो उनीहरुलाई पक्रेको बताइएको छ ।  प्रहरीले उनीहरुको साथबाट ३४ हजार १२५ रुपैयाँ नगद र ३ तासबुक बरामद गरेको छ । पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

Page 136 of 264