अस्पतालमा जन्मिएको नवजात शिशु गायव पार्ने डाक्टरसहित ६ जना समातिए
विराटनगर महानगरपालिका-९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा ६ जना समातिएका छन् ।
विराटनगरको दिपेश मेडिकल हलका सन्चालकसहित ६ जनालाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सो मेडिकल हलका सन्चालक ६८ वर्षीय डा. तपेश्वर लाल कर्ण, विराटनगरकै ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका-२ बस्ने ४६ वर्षीया दिलमाया राजवंशी तथा ३० वर्षीय सूर्य नारायण राजवंशी, स…