काभ्रेका जनप्रतिनिधिविरुद्ध अख्तियारमा उजुरी

काभ्रेका जनप्रतिनिधिविरुद्ध अख्तियारमा उजुरी

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नम्बर २ का पूर्ववडाध्यक्ष तेमालसिंह तामाङ र नेकपा एकीकृत समाजवादी पार्टीका स्थानीय नेता पदमनारायण तामाङ भ्रष्टाचारमा तानिएका छन् । उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

जिल्ला समन्वय समितिको कार्यालयबाट विनियोजन भएको आठ लाख रुपैयाँ हिनामिना गरेको भन्दै आज अख्तियारमा उजुरी दर्ता भएको हो । आर्थिक वर्ष २०७६–७७ मा वडामा याङबेल खोला लप्से खानेपानी निर्माण गर्ने भनेर उनले कार्यालयलाई बजेट विनियोजन गर्न लगाएका थिए । 

उक्त शीर्षकमा २५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । पुनः सोही योजनाका लागि आठ लाख रुपैयाँ विनियोजन गर्न लगाएका उनले त्यो रकम भने हिनामिना गरेको उजुरीकर्ताको आरोप छ ।

 

तत्कालीन उपभोक्ता समितिका अध्यक्ष पदमनारायण र वडाध्यक्ष तामाङले आपसी मिलोमतोमा रकम हिनामिना गरेको उजुरीकर्ताको दावी छ । स्थानीय बासिन्दाले नै दायर गरेको उजुरी सी–०१०६५४ नम्बरमा दर्ता भएको छ । 

पटक–पटक विवादमा मुछिँदै आएका पदमबहादुर यसअघि प्रहरी हिरासतमा पुगिसकेका व्यक्ति हुन् ।

टिप्पणीहरू