१५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, छ महिनाको गर्भपछि घटना सार्वजनिक
डोल्पामा १५ वर्षीया बालिकामाथि नौ जनाले सामूहिक बलात्कार गरेको तथ्य छ महिनापछि खुलेको छ । बालिका गर्भवती भएको थाहा पाएपछि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको बताइन्छ ।
डोल्पाको जगदुल्ला गाउँपालिका ६ मा भएको उक्त घटनामा संलग्न नौ जनामध्ये तीन जना पक्राउ परेका छन् । बाँकी छ जना फरार रहेको प्रहरीले जनाएको छ । स्थानीय माझगाउँका २९ वर्षीय धर्मराज बोहोरा, सल्यानको कुमाख गाउँपालिका–५ कालागाउँका २२ वर्षे रेशम राना र जाजरकोटको कुशे गाउँपालिका–९ का २१ …