अष्ट्रेलियाको सपना देखाउँदै काठमाडौंमा नौ लाख लुटियो
वैदेशिक रोजगारीमा अष्ट्रेलिया पठाइदिने नाममा ठग्दै आएकी एक महिला पक्राउ परेकी छन् । आकर्षक तलबको प्रलोभन देखाउँदै सर्वसाधारण ठगेकी रत्नकेशरी श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको हो । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ४ घर भई हाल काठमाडौंको सामाखुशीमा बस्दै आएकी श्रेष्ठले वैदेशिक रोजगारीमा अष्ट्रेलिया पठाइदिने र त्यहाँ पुगेपछि होटलमा काम लगाइदिने प्रलोभनमा सर्वसाधारणलाई…