चिताबाट युवतीको शव बरामद, प्रहरी घाटमा पुगेपछि मलामीको भागाभाग
सर्लाहीमा जलाउन लागिएको एक युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । रामनगर गाउँपालिका–१ खैर्वाकी २१ वर्षीया मनिषा साहको शव चिताबाट नियन्त्रणमा लिँदै प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
हिजो दिउँसो मनुषमारा घाटमा जलाउने तयारी गरिएको अवस्थामा मनिषाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको मृत्यु शंकास्पद देखिएपछि शव बरामद गर्दै मनिषाका श्रीमान सुनिल साह, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।…