सुन तस्करीमा भारतमा पक्राउ, नेपालमा नक्कली नागरिकता
उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्ला सुन तस्करी प्रकरणको अनुसन्धान शुरु भएदेखि नै चर्चामा छ । तत्कालीन प्रजिअ कृष्ण राउत (हालका सञ्चार सचिव) ले जिल्लाबाट अनुसूची विनाका नागरिकता बिक्री भएको गोप्य सूचनाका आधारमा गरेको अनुसन्धानले पूर्णता पाउन सकेकै छैन ।
३ सय ५० वटा त्यस्ता नागरिकता बिक्री भएको प्रतिवेदन तत्कालीन गृहसचिव तथा हालका अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईकोमा पुगेकामा खासै कारवाही भएन । पछि सुन तस्करीमा त्यही बेला बिक्री गरिएका नागरिकता प्रयोग भएको फ…