निकोलसको अवस्था गम्भीर, अस्पताल लगियो

निकोलसको अवस्था गम्भीर, अस्पताल लगियो

नौ दिनदेखि माइतीघर मण्डलामा अनसनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लगिएको छ । 

नेपाल चिकित्सक संघको टोलीले केही बेरअघि उपचारका लागि वीर अस्पताल पुर्याएको हो । भदौ २३ र २४ को घटनाका दोषीलाई कारवाही गर्नुपर्ने, संविधान संशोधन गरी राष्ट्रिय सभा र प्रदेश खारेज गरिनुपर्ने, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन हुनुपर्नेलगायत पाँच बुँदे माग राख्दै भुसाल अनसन बसेका थिए । माग पूरा नहुँदासम्म अनसन नतोड्ने उनको अडान छ । 

अस्ति पनि स्वास्थ्य अवस्था बिग्रिएपछि भुसाललाई अस्पताल लगिएको थियो । तर, सडक नछाड्ने भन्दै उनी हिजो फेरि माइतीघर फर्किएका हुन् ।

टिप्पणीहरू