महिलामन्त्री फनपार्कमा

महिलामन्त्री फनपार्कमा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छन् । उनले आज त्यहाँ पुगेर विभिन्न भौतिक संरचना र फनपार्कको अनुगमन गरेकी हुन् । 

त्यहाँस्थित समाज कल्याण परिषद्को जग्गा तथा भवन प्रयोग गर्नेमा गणेशमान सिंह अध्ययन प्रतिष्ठान, रिपोर्टर्स क्लव नेपाल, राष्ट्रिय अपांङ्ग महासंघ, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, नेपाल फोटो पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा, लोकतान्त्रिक सहिद तथा घाइते समाज, उपभोक्ता मञ्च नेपाल, नेपाल विद्यार्थी संघ लगायत छन् । 

तर, तिनीहरूले लामो समयदेखि भाडा तिरेका छैनन् । परिषद्ले भृकुटीमण्डप क्षेत्रका व्यवसायीबाट नौ करोडभन्दा बढी रकम भाडा उठाउन बाँकी रहेको बताइएको छ । 

मन्त्रालयले पछिल्लो समय परिषद्लाई बक्यौता उठाउन निर्देशन दिएको पृष्ठभूमिमा मन्त्री श्रेष्ठ अनुगमनमा पुगेकी हुन् ।

टिप्पणीहरू