सुकुम्बासी देखाएर हुकुम्बासी पोस्नेहरू अख्तियारको फन्दामा
सुकुम्बासीको नाममा स्कुलको जग्गा हडप्ने राष्ट्रिय भूमि आयोग, कास्कीका तत्कालिन अध्यक्ष गंगाप्रसाद पोखरेल भ्रष्टाचारमा तानिएका छन् ।
विद्यालयको जग्गा मिलेमतोमा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा उनीसहित आधा दर्जनउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा चलाएको हो । मुद्दा दर्ता हुनेमा आयोग सदस्यसमेत रहेका मालपोत कार्यालय पोखराका तत्कालिन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, सदस्यहरु आशबहादुर गुरुङ, उमाकुमारी थापा, सोमबहादुर नेपाली र भिमबहादुर विक छन् ।
उनीहरूले आपसी मिलेमतोमा सुकुम्बासीको नाममा गैरसुकुम्बासी प्रतिवादी भीमबहादुरलाई पोखरा महानगरपालिका–२६, स्थित सामुदायिक अमर ज्योति आधारभूत विद्यालयको तीन रोपनी तीन आना जग्गा दिइएको अख्तियारको दाबी छ ।
अख्तियारद्धारा विशेष अदालतमा दायर अभियोगपत्रमा एक करोड ४० लाख २५ हजार रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरूलाई कैद र जरिवाना सजाय मागदाबी गरिएको छ ।
टिप्पणीहरू