जेनजी आन्दोलनका घाइते र मृतकको नाममा 'अब के गर्ने ?'

जेनजी आन्दोलनका घाइते र मृतकको नाममा 'अब के गर्ने ?'

जेनजीको आवरणमा विभिन्न स्वार्थ समूह राजनीतिमा हावी भैरहेका बेला जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारका सदस्यहरूले काठमाडौँमा छलफल गरेका छन् । 

आज दिउँसो जमलस्थित होटल यल्लो पगोडामा उनीहरूले 'अब के गर्ने' शीर्षकमा आन्तरिक छलफल आयोजना गरेका हुन् । कार्यक्रममा घाइतेहरू सुरेन्द्रजंग थापा, युवराजजंग थापा, अंकित यादव, मदन कार्की, पारस बिक, अजय घोरासैनी, विपिन बाइजुलगायतको उपस्थिति रहेको बताएको छ । 

'जेनजी आन्दोलन घाइते तथा शहीद परिवार' आयोजक रहेको सो कार्यक्रममा करिब ५ दर्जनको उपस्थिति रहेको जानकारी गराइएको छ ।

टिप्पणीहरू