भन्सार छलिएको सुन कारोबारमा संलग्नहरु पक्राउ
अवैध रुपमा भन्सार छलेर सुनको कारोबार गर्ने पाँच जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ परेकामा भोजपुरका २४ वर्षीय अमृतधन राई, सुनसरीका ४४ वर्षीय नजिर मन्सुर, धनुषाका ४९ वर्षीय कारी ईसार केवट, खोटाङका २८ वर्षीय अर्जुन भट्टराई र गोरखाका ३० वर्षीय अनिष थापा हुन् ।
उनीहरुको साथबाट प्रहरीले २६ लाख ५१ हजार ८ सय ९५ रुपैयाँ बराबरको २१४.३६ ग्राम सुनको तीन…