रक्सीले मातेर बन्दुक तेर्स्याउँदै हिँडेका राहुल समातिए

रक्सीले मातेर बन्दुक तेर्स्याउँदै हिँडेका राहुल समातिए
सुन्नुहोस्

बाँकेमा एक थान भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् । डुडुवा गाउँपालिका-६ सिखनपुर्वाका २५ वर्षीय राहुल सिंह सरदारलाई प्रहरीले बन्दुकसहित समातेको हो । 

मादक पदार्थ सेवन गरेका राहुलमाथि बन्दुक देखाई घरपरिवार तथा छरछिमेकीलाई डरत्रास र धम्की दिएको आरोप छ । ईलाका प्रहरी कार्यालय हिरमिनियाटबाट खटिएको प्रहरी टोलीले उनलाई गएराति नियन्त्रणमा लिएको हो । 

यससम्बन्धमा थप जाँचबुझ भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू