कुकर र भड्डु हानेर श्रीमतीको हत्या,भाग्दाभाग्दै पक्राउ
श्रीमतीको विभत्स हत्या गरी भारत भाग्न खोज्ने एक युवकलाई प्रहरीले समातेको छ । पक्राउ पर्ने उदयपुरगढी ७ नागबेलीका ३१ वर्षीय पिटर भन्ने सन्तोष राई हुन् । उनले हिजो राती २९ वर्षीया श्रीमती छविमाया राईसँग विवाद भएपछि खाना पकाउने प्रेसर कुकर र भड्डु भाँडा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घाइते श्रीमतीलाई तत्कालै उपचारको लागि उदयपुर अस्पताल ल्याइएपछि चिकित्सकहरुले साढे १० बजे राती मृत घोषित गरेका थिए । कुकर र भड्डुले टाउको,नाक र मुखमा चोट लागी गम्भिर घाइते बनाएको जानकार…