ओलीलाई गाली गरेका अखिल अध्यक्ष बर्खास्त

ओलीलाई गाली गरेका अखिल अध्यक्ष बर्खास्त

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका सुनसरी जिल्ला अध्यक्ष उज्वल सिग्देल बर्खास्तीमा परेका छन् । भदौ २३ गतेयता पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्दै आएका उनलाई धरानमा सम्पन्न विशेष भेलाले बर्खास्त गर्ने निर्णय गरेको हो । 

भदौ २४ गतेको घटनाको मुख्य कारण तत्कालीन प्रधानमन्त्री ओली नै रहेको बताउँदै आएका सिग्देलले समाजिक सञ्जालमार्फत् संगठनको नेतृत्वको समेत आलोचना गर्दै आएका छन् । पार्टीकै शीर्ष नेताहरुमाथि असन्तुष्ट पोख्दै आएका उनलाई नेतृत्वको निर्देशनमा बर्खास्त गरिएको बुझिएको छ । उनी गत वर्ष साउनमा सम्पन्न जिल्ला अधिवेशनबाट अध्यक्ष चयन भएका थिए । 

सिग्देलको बर्खास्तीसँगै त्यहाँ अहिले शेखर रेग्मीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।

टिप्पणीहरू