बालुवाटारमा बुद्ध, सिंहदरबारमा दुर्गा
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईलाई आगामी निर्वाचनकाे वातावरण बनाउनलग सहयोगकाे आग्रह गर्नुभएकाे छ। आज बिहान बालुवाटारमा भएको भेटमा प्रसाईंलाई बुद्धको फोटो उपहार दिँदै उहाँले मुलुकमा शान्ति र अमनचैन कायम गरिदिन आग्रह गर्नुभएकाे हाे ।
‘सबै खालका संशयहरुलाई चिर्दै मुलुक पूर्णरुपमा निर्वाचनको माहोलमा होमिएको छ, यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ’, उहाँकाे भनाइ छ, ‘सबै कुराको नतिजा रातारात नदेखिए पनि हामीले आधारशीला तयार पार्दै गएका छौँ, तपाईंले उठाउनुभएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि पनि सरकारले गृहकार्य गरिरहेकै छ, अझै थप छलफल गर्दै जाऔंला।’
यसयघि मंसिर २३ गते सिंहदरबारमा प्रसाईंले पनि प्रधानमन्त्री कार्कीलाई दुर्गा माताको मूर्ति उपहार दिएका थिए । यद्यपि, उनले फागुन २१ गते कुनै पनि हालतमा चुनाव नहुने भन्दै त्यसअघि जनमत संग्रहको माग गर्दै आएका छन् । उनको समूहले सरकारसमक्ष २७ बुँदे माग समेत राखिसकेको छ ।
टिप्पणीहरू