मलद्वारभित्र ब्राउनसुगर

मलद्वारभित्र ब्राउनसुगर
सुन्नुहोस्

भारतबाट नेपाल आउँदै गरेका दुई जना मलद्वाराभित्र लुकाएर ब्राउनसुगर ल्याउने क्रममा  दुई जना पक्राउ परेका छन् । उनीहरु झापाको भद्रपुर र मेचीनगर नगरपालिकाबाट ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारतको पश्चिम बंगालबाट नेपालतर्फ आउँदै गरेको मे. १० प २७१५ नम्बरको मोटरसाइकलमा सवार बिर्तामोड नगरपालिका–३ निवासी १९ वर्षीय अनुज राजवंशी पक्राउ परेका हुन्   । मेची पुलमा खटिएको सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले उनीमाथि चेकजाँच गर्दा मलद्वारभित्र १ ग्राम २३० मिलिग्राम ब्राउनसुगर फेला परेको हो । 

यस्तै मेची पुल नजिकैबाट इलाम नगरपालिका–९, गोलबस्तीका १८ वर्षीय रोहण खवासको साथबाट पनि नेपालतर्फ आउँदै गरेको अवस्थामा ४ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको बताइएको छ । खवासले पनि मलद्वारभित्र ब्राउनसुगर लुकाएर ल्याएका थिए ।

टिप्पणीहरू