ठग धनबहादुर मैतीदेवीमा भेटिए
वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने प्रलोभन देखाउँदै सर्वसाधारणलाई ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।
डोटीको शिखर नगरपालिका–२ स्थायी घर भई काठमाडौं महानगरपालिका–३०, सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई प्रहरीले ठगी अभियोगमा पक्रेको छ । उनले कृष्णबहादुर बोगटीलाई मलेसिया पठाएर राम्रो कम्पनीमा जागिर लगाइदिने वाचा गर्दै तीन लाख रुपैयाँ ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मलेसिया जान तीन लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक ६० हजार कमा…