कांग्रेस नेताको गर्धनमा ताकेर खुकुरी हान्ने राजावादीलाई सरकारले नछोड्ने

कांग्रेस नेताको गर्धनमा ताकेर खुकुरी हान्ने राजावादीलाई सरकारले नछोड्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभएको छ । 

आज प्रतिनिधिसभा बैठकमा स्म्बोइधन गर्दै उहाँले घटनालाई गम्भीर रुपमा लिएर आक्रमणकारीलाई कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिनुभएको हो । प्रचलित कानुन बमोजिम घटनाका दोषीउपर कारवाही हुने प्रधानमन्त्रीको भनाई छ । 

'नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीररुपमा लिएको छ । आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको जानकारी गराउँदछु', प्रधानमन्त्री प्रचण्डले संसदमा भन्नुभयो । 

यस प्रकारका आक्रमणका घटना हुन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको समेत उहाँले प्रष्ट पार्नुभयो । 

भदौ २० गते भृकुटीमण्डपस्थित रिपोर्टस क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा वक्ता बनेर गएका यादवमाथि सोही कार्यक्रममा एक सहभागीले खुकुरी हानेका थिए । 'राजतन्त्र जिन्दावाद' को नारा लगाउँदै खुकुरी हान्ने नुवाकोटका श्याम सापकोटा हाल प्रहरी नियन्त्रणमा छन् ।

टिप्पणीहरू