मिलनको कोठामा एनसेलको ३७ सय थान सीमकार्ड

मिलनको कोठामा एनसेलको ३७ सय थान सीमकार्ड

प्रहरीले कीर्तिपुर क्षेत्रमा भाडामा बस्दै आएका एक जनाको कोठाबाट ३७ थान सीमकार्ड फेला पारेको छ । कीर्तिपुर नगरपालिकाको पाँगामा डेरामा बस्दै आएका २० वर्षे मिलन थापाको कोठाबाट ३७ सय थान सीमकार्ड, २३ थान ल्यापटप र विभिन्न व्यक्तिका २७ थान नागरिकता फेला पारिएको बताइएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का थापाले कल सेन्टर सञ्चालन गरेको जानकारी पाएपछि प्रहरीले छापा मारेको हो । मिलनलाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाइएको प्रहरीको भनाई छ । 

प्रहरीले मतदाता परिचय पत्र एक थान, राहदानी एक थान र प्यान कार्ड दुई थानसमेत बरामद गरेको छ ।

टिप्पणीहरू