रुपन्देहीमा मकवानपुरे र नुवाकोटे समूहबीच झडप : एकको मृत्यु, तीन घाइते

रुपन्देहीमा मकवानपुरे र नुवाकोटे समूहबीच झडप : एकको मृत्यु, तीन घाइते

रुपन्देहीको तिलोत्तमा, केरवानीमा दुई मजदुर समूहबीच हतियार हानाहान भएको छ । हिजो रातिको  झगडामा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएको बताइएको छ ।

मदिरा सेवन गरेका उनीहरुले हतियार प्रहार गरेका थिए । झडपमा हेटौंडा घर भएका सुरेश साङताङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको अस्पतालमा उपचारार्थ लैजाने क्रममा निधन भएको हो ।

झडपमा काठमाडौँका विकास वाइबा, मकवानपुरका राजु तामाङ र हस्तसिंह तामाङ घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलले झडपमा सामेल भएको आशंकामा एक दर्जनबढी मजदुरलाई नियन्त्रणमा लिएको बताएको छ ।

टिप्पणीहरू