६१ किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दर्ता

६१ किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दर्ता

६१ किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । 

सरकारी वकिलको कार्यालय काठमाडौंले आज जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दर्ता गरेको हो । २९ जनालाई प्रतिवादी बनाएर दायर भएको अभियोग पत्रमा ३ अर्ब ५० करोड ३० लाख ९१ हजार बिगो दाबी गरिएको छ ।  प्रतिवादी बनाइएकामध्ये ३ जना फरार छन् । 

मोटरसाइकलको ब्रेक सुमा लुकाएर हङकङबाट कार्गो गरि नेपाल ल्याइएको ६० किलो ७१६ ग्राम सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरबाट समातिएको थियो । राजस्व अनुसन्धानको टोलीले बरामद गरेको सुनसहित अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई दिइएको थियो । 

सिआइबीले २९ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो ।

टिप्पणीहरू