त्रिबेणीको जंगलमा १६ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी

त्रिबेणीको जंगलमा १६ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी

ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका वडा नं.२ का ३६ वर्षीय सुजन नगरकोटीलाई पक्राउ गरेको छ । 

गत बिहीबार दिउँसो गोदावरी-२ त्रिवेणीस्थित जंगलमा ती किशोरीलाई करणी गरेको उजुरीका आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो सुजनलाई नियन्त्रणमा लिएको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू