सुन काण्डमा संलग्न अर्का एक जना समातिए

सुन काण्डमा संलग्न अर्का एक जना समातिए

साउन पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको तस्करीको सुनमा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पहिले एक क्विण्टल भनिए पनि पछि ६० किलो सात सय १६ ग्राम सुन कायम भएको उक्त प्रकरणमा संलग्नलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

टोलीले गएराति बाराका शिवकुमार सर्राफलाई पक्रेको हो । उनी सुनचाँदी व्यवसायी समिति बाराका अध्यक्षसमेत हुन् ।  उक्त सुन प्रकरणमा पक्राउ परेकाको संख्या २७ पुगेको छ ।

टिप्पणीहरू