जनआस्थाको समाचार फेरि प्रमाणित,भागेर दिल्ली पुगेका प्रदिप रुँगटा आजै जेल चलान

जनआस्थाको समाचार फेरि प्रमाणित,भागेर दिल्ली पुगेका प्रदिप रुँगटा आजै जेल चलान
सुन्नुहोस्

नेपाली व्यवसायीलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा एक जना मारवाडी व्यवसायी नेपाल फर्केलगत्तै आज पुर्पक्षका निम्ति जेल पठाउने आदेश भएको छ । विवादास्पद व्यापारी प्रदिप रुँगटालाई २ महिनापछि हाजिर हुन आएको अवस्थामा न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले चितवन जेल चलान पठाउने आदेश दिएको हो । 

गत बैशाख १९ गते चितवनको पोल्ट्री कारखाना ‘अनमोल फिड्स’ का मालिक शंकर कँडेललाई कार्यालयमा ९ पृष्ठको सुसाइड नोट लेखेर मर्न बाध्य बनाएको आरोपपछि रुँगटा बेपत्ता भएका थिए । उनी भागेर दिल्ली पुुगेको समाचार जनआस्थाले साउन १० गतेको अंकमा प्रकाशित गरेको छ । 

‘बालुवाटार काण्डमा संलग्न सबै मारवाडी व्यापारी बेपत्ता’ शीर्षकमा जनआस्थाको छापा संस्करणमा ‘चितवनको ज्यान केसका पात्र प्रदिप रुँगटा दिल्लीबाट नेपाल आउँदै’ भनेर समाचार छापिएको थियो ।

सेटिङमा नेपाल फर्कन लागेको र हिलटेकका मालिक कमल जैनले अधिवक्ता जयलाल भण्डारीमार्फत प्रहरी र अदालतमा कुरा मिलाएको बताएपछि उनी ढुक्कसाथ आज अदालतमा उपस्थित हुन आएका थिए । 

सेटिङ्गले काम नगरेको र अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको अवस्थामा  प्रदिप इजलास सामुन्ने ढलेको बताइन्छ । त्यसपछि अस्पताल पुर्याइएका उनी उपचारमा रहेको प्रहरीले जनाएको छ । स्रोत भन्छ, ‘अस्पतालमा बस्ने बहानामा जानाजान ढलेको हुनसक्छ ।’

टिप्पणीहरू