माइतीघरमा सुतेका निकोलस भन्छन् : चुनाव हुन दिँदैनाैं

माइतीघरमा सुतेका निकोलस भन्छन् : चुनाव हुन दिँदैनाैं

पाँच बुँदे मागसहित एक सातादेखि अनसनरत निकोलस भुसालले सडक नछाड्ने बताएका छन् । उनले माग पुरा नहुँदासम्म माइतीघर मण्डला नछाड्ने बताएका हुन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने, राष्ट्रिय सभा र प्रदेश सभा खारेज गर्नुपर्ने, प्रत्यक्ष कार्यकारीको निर्वाचन हुनुपर्ने, भ्रष्टाचारका ठूला काण्डमाथि यथाशिघ्र छानविन गर्नुपर्नेलगायतका माग राखेका भुसालको हिजो स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल लगिएको थियो । आज फेरि दिउँसो उनी मेडिकल टिमसहित माइतीघर फर्किएका हुन् । 

स्वास्थ्य अवस्था नाजुक बन्दै गएका भुसालले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुन नदिने उद्घोष गरिसकेका छन् ।

टिप्पणीहरू