फैसलाका तीन वाक्यले रविलाई ‘धुकचुक’
हुनतः रवि लामिछानेको राहदानी दुरुपयोगको मुद्दा नचलाइने भएको छ । अस्ति दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लामिछाने सभापति रहेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले विश्वासको मत दिएपछि सरकारले महान्यायाधिवक्ता दीनमणि पोखरेल मार्फत् उनीविरुद्ध मुद्दा नचलाउने निर्णय सुनाएको हो । भलै, सर्वोच्च अदालत संवैधानिक इजलासको यसअघिको आदेश पालना नभएको भन्दै पुनः त्यसविरुद्ध मुद्दा दायर हुने अवस्था भने कायम छ ।
‘तत्काल प्रचलित राहदानी ऐन, २०२४ र हाल प्रचलित राहदान…