विदेशमा मर्दा पनि सुख पाएनन् नेपालीले

विदेशमा मर्दा पनि सुख पाएनन् नेपालीले

‘अन्यत्र हाकिमको टेबलमा फाइल अड्किरहेको हुन्छ । म सहजीकरण गरिदिन्छु, टिप्पणी उठाएर फाइल पठाउनुभन्दा किन अटेरी गरिरहनुभएको छ ?’ मन्त्रालयमा सचिवलाई भेट्न पुगेका अधिकृतले ‘नमस्कार सचिवज्यू, भन्न नपाउँदै यस्तो हप्की भेटिहाले । ‘कि तपाईको गोजीबाट, घरखेत बेचेर पैसा हाल्न भनिएको हो ?’ सचिव अझै रोकिएका थिएनन्, अधिकृतले जवाफ फर्काए, ‘काम हुँदै छ, हजुर’ ।

सचिव फेरि पड्किए ‘काम हुँदै छ भनेर सुख पाइन्छ ? खै परिणाम, परिणाम देखिनुपरेन ?’ अहिले भर्खरै टिप्पणी उठाएर फाइल पठाइहाल्नू । सचिवको यस्तो निर्देशनपछि ‘हस्, हजुर’ भन्दै अधिकृत बाहिरिएको दृश्य हो, गत आइतबार, श्रम मन्त्रालयको प्रशासनमा केही सुधार गरौँ भन्ने हुटहुटी बोकेका सचिव एकनारायण अर्यालको चाहना छ, वैदेशिक रोजगारीमा गएर उतै प्राण उडेका, मूल खम्बा ढलेकाहरूको हितमा केही गर्न सकियोस् तर वैदेशिक रोजगार बोर्डका कर्मचारीले फाइल रोकिदिँदा अस्ति त्यहाँका अधिकृत गोपाल अधिकारीले सबैका सामु गाली खानुप¥यो । 
 

अरुले जति ठूला गफ लगाए पनि देशको अर्थतन्त्र तिनै वैदेशिक रोजगारीमा गएका नेपालीले धानेका छन् तर तिनकै हितमा अधिकृतले काम हुन दिन्नन् । तथ्यांकअनुसार वैदेशिक रोजगारीमा गएका तीन नेपालीले दैनिक सरदर ज्यान गुमाउँदै आएका छन् । तीमध्ये सबैभन्दा बढी हृदयाघात, मेसिनले चेपिएर ज्यान गुमाउनेदेखि आत्महत्या गर्नेसम्म छन् । गत आर्थिक वर्ष मात्र ४६ जना महिलासहित १४७९ जनाले ज्यान गुमाउँदा आब ०७७/७८ मा एक हजार २४२ जनाको मृत्यु भयो । 

बोर्डमा झण्डै साढे ५ अर्बभन्दा बढी बजेट छ । त्यो पनि वैदेशिक रोजगारीमा जाने नेपाली युवाबाटै उठाइएको रकम हो । कल्याणकारी कोषमा जम्मा भएको रकम विदेशमा अलपत्र परेका कामदारको उद्धार, क्षतिपूर्ति, उपचार, तालिम र प्रवद्र्धनका साथै उतै प्राण उडेका परिवारलाई आर्थिक सहायता, क्रिया खर्च, बिरामी एवं अंगभंग भएकालाई उपचार खर्च र विदेशमा अलपत्र परेकाको शव ल्याउन खर्च हुनुपर्ने हो । सचिव अर्यालले वैदेशिक रोजगारीकै क्रममा मृत्यु भएकाका परिवारलाई दिने आर्थिक सहायता तीन लाखले बृद्धि गरेर १० लाख बनाउन खोजेका थिए ।

यसअघि किरिया खर्चबापत २५ हजार दिइँदै आएकोमा यसलाई बढाएर १ लाख र दिवंगत भएकाको १२ वर्ष उमेरसम्मका सन्तानलाई उमेर बढाएर १८ वर्षसम्म छात्रवृत्ति दिने गरी टिप्पणीको फाइल उठाएर पठाउन पटक पटक निर्देशन दिँदा पनि केही नलागेपछि सबका सामु हप्काउनुपरेको उनले स्विकारे ।

 

टिप्पणीहरू