निर्णय उल्टाउन नानाभाँती
के क्याबिनेटस्तरीय निर्णय भनेको बच्चाले खेल्ने भाँडाकुटीजस्तो हो ? होइन भने, १५ दिनअघि एउटा निर्णय ग¥यो, १५ दिन नबित्दै त्यसलाई उल्टाएर किन गाईजात्रा देखाइन्छ, विदेशी हँसाइन्छ ?
अघिल्लो सरकारले गरेको एउटा निर्णय उल्टाउन प्रचण्ड मन्त्रिमण्डलका सबैभन्दा पाका सदस्य सूर्यमान गुरुङ कम्मर कसेर लागिपरेका छन् । हरेक बिहान उनको निवासमा उक्त निर्णय उल्टाइदिन माग गर्दै व्यवसायीदेखि कूटनीतिक नियोगका प्रतिनिधिको लर्काे लाग्ने गरेको छ ।
अस्ति आइतबार बिहानै जनआस्थाकर्मी गुरुङनिवास बानेश्…