हतियारै नभएर विचरा प्रहरी हैरान
पत्याउनुहुन्छ, प्रहरीसँग हतियार छैन भन्दा ? सत्य त्यही हो, हतियार छ, तर मागेर चलाइएका ! भएका हतियारको पनि मिति पुगिसकेका ! गत पुसको दोस्रो साता ललितपुर, बालकुमारीमा इपिएस परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा दैलेखका सुजन रावतको निधन भयो, टियर ग्यासले छातीमा असर पुर्याएर । यस्तो हुनुको कारण रहेछ प्रहरीले टियर ग्यास र रबर बुलेटजस्ता अत्यावश्यक हतियार नकिनेको १० वर्ष कट्नु ।
एकपटक किनिएको ती सामानको आयु १० वर्ष हुन्छ । त्यसपछि टियर ग्यास पड्किन्छ, तर अ…