बालेनका काम, कता लाग्दै छ घाम र?

बालेनका काम, कता लाग्दै छ घाम र?
सुन्नुहोस्

काठमाडौँको मुख्य समस्याका रूपमा फोहोर व्यवस्थापन ७० प्रतिशत, ट्राफिक व्यवस्थापन १५–२० प्रतिशत र भौतिक पूर्वाधार निर्माणतर्फ १० र अन्यलाई १० प्रतिशत मार्किङ गर्ने हो भने मुख्य कामलाई मेयर बालेन साहले प्राथमिकतामा राखेको पाइँदैन ।

चुनाव जितेर शपथ लिनुअघि बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइट पुगी सबै समस्या समाधान गर्छु भन्दै बोलेका कुरा साहले बिर्सिएका छन् । फोहोर व्यवस्था गर्ने मुख्य जिम्मेवारी महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई दिएका छन् । उनले फोहोर व्यवस्थापनको कुनै स्पष्ट योजना बनाएको देखिँदैन  

खोला किनार र बाटो मिचेर बनाइएका अनधिकृत घरमा डोजर लगाएर भत्काउँदा र सामाजिक सञ्जालमा अराजक किसिमको स्टाटस लेख्दा तीन लाखभन्दा बढी लाइक कमेन्ट हुरुरु आएपछि मैले जे गरे पनि हुने रै’छ भन्ने मनोविज्ञानमा साह देखिन्छन् । यिनै कमेन्ट र लायकको भरमा टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङको योजना बनाउन अग्रसर भएको अड्कल काटिँदैछ ।

सांस्कृतिक सम्पदा बचाउने नाममा त्यसका अभियन्तामार्फत गर्न हुने नहुने सबैखाले काममा हात हाल्दै आएका छन्् । घरी आफ्नै नगर प्रहरीलाई निलम्बन गर्ने, घरी क्षेत्राधिकार मिचेर प्रहरीलाई गाली गर्ने, घरी मनोगत तवरले अरूलाई होच्याउँदै सामाजिक सञ्जालमा आवेश व्यक्त गर्ने स्वभाव अनुसार विभिन्न खाले अभियन्तालाई पनि गुमराहमा राख्न सफलता पाएका छन् । 

केही महिनाअघि खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङस्थल निर्माण गर्न लाग्दा विरोध भएपछि काम गर्न दिएनन् भन्दै स्टाटस लेखेका थिए । अहिले फेरि त्यसैमा अघि सरेका छन् । त्यसैगरी, विद्यासुन्दर शाक्यको पालामा निर्मित फुटपाथ भत्काएर नयाँ बनाउँदै छन् । यसका लागि आधा दर्जनभन्दा बढी नियुक्त सल्लाहकारले कर्मचारीलाई फलानो ठेकेदारलाई कोटेशनमा काम दिनुपर्छ भन्दै तालमेल मिलाउने गरेका छन् । 

कोटेशनमा काम गर्न दिएबापत आउने १० प्रतिशत साइनिङ एमाउन्टको खेल रहेको बताइन्छ । ठेकदारबाट कोशेली लिएपछि अरू दायाँ–बाँया गर्न आवश्यक पनि नहुने भएकाले यो फुटपाथ भत्काऊ र निर्माण गराऊ भन्ने योजनालाई अघि सारेको बताइन्छ । स्रोतका अनुसार बाहिरबाट हेर्दा तलब र भत्ता नलिने सल्लाहकारहरू यिनै ठेक्कापट्टा मिलाइदिएबापत ठेकेदारले दिने कमिशनमा रमाएका छन् ।

एक करोडको काम गर्दा एकमुष्ट १० लाख आउने भएपछि सल्लाहकार पनि खुशी हुने नै भए । यसो भएपछि लाखौं रकम पाउने सल्लाहकार र दिने ठेकेदार कसैले मैले पाएँ र दिएँ भन्दैनन् । तलब र भत्ताको दरकार पनि नभएको बताइन्छ । 


 

टिप्पणीहरू