आफ्नो घर नफोरिएसम्म अरुको तोडफोडमा आनन्द
एकीकृत समाजवादीमा मात्रै होइन अहिले एमाले र माकेमा पनि त्यस पार्टीको पार्टी सदस्य बनेर काम गर्न धेरै कठिन छ । आर्थिक अवस्था कमजोर हुनेहरुले अब आमनिर्वाचनमा उम्मेदवार बन्न होइन कि पार्टीभित्रै र विभिन्न भातृ तथा जनवर्गीय संगठनहरुभित्र उम्मेदवार बन्न करिब–करिब नसकिने अवस्था छ । धनराशी खर्च नगरी न त संसदीय न पार्टीको आन्तरिक चुनाव लड्न सकिन्छ । अहिले पनि जिल्ला, क्षेत्र, प्रदेश र केन्द्रीय कमिटी तथा अन्य दलगत संगठनहरु भित्र नेतृत्वमा पुगेकाहरुलाई हेर्ने हो भने त्यहाँ कम्तीमा पन…