माओवादीमा केन्द्रीय सदस्य थपिनेक्रम जारी
नेकपा माओवादी केन्द्रले फेरि केन्द्रीय सदस्य थपेको छ । ओखलढुंगाका बाबुुराम गौतम र सप्तरीका अशोक मण्डल केन्द्रीय सदस्य मनोनित भएका हुन् ।
कोशी प्रदेशको सभामुख छोडेर पार्टीमा फर्किएका गौतम र जनयुद्धकालीन नेता मण्डललाई केन्द्रीय सदस्य बनाएको माओवादी केन्द्रले जनाएको छ । यी दुईजना थपिएसँगै माओवादी केन्द्रीय सदस्य संख्या ४११ पुगेको छ ।
डेढ वर्षअघि काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेगरी विधान पारित गरेको थियो । पछि विधान संशोधन गरेर ३८६ पुर्याइएको थियो । गत साउन १७–२१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महिलाको प्रतिनिधित्व पुर्याउन भन्दै २२ जना थप गरेको थियो ।
कुनैबेला साढे चार हजारसम्मको केन्द्रीय समिति बनाएको माओवादीमा सदस्य थपिनेक्रम अझै रोकिएको छैन ।
टिप्पणीहरू